फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापन रोक्न चलखेल भइरहेको बताएका छन्। फोहोर बोकेर गएका गाडीमा बञ्चरेडाँडामा तोडफोड भएकोप्रति लक्षित गर्दै उनले फोहोर व्यवस्थापन रोक्न नयाँ–नयाँ चलखेल भइरहेको उल्लेख गरेका छन्। ‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो। वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ-नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ।’ सा