काठमाडौं : अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का कारण राजनीति पेचिलो बन्दै गएको छ। सत्तारुढ गठबन्धनभित्र यही कारणले विभाजनको तरंग पैदा गरिदिएको छ भने प्रमुख प्रतिपक्ष नेकपा एमाले मौन बसेको छ। सत्तामा हुँदा एमसिसी संसदमा लगेको एमालेले यदि पारित गराउन टेबल भइहाल्यो भने के गर्ने भन्ने केही बताएको छैन। जसले गर्दा उसमाथि सत्ता गठबन्धन फुटाउन खोजेको आरोप लाग्दै आएको छ।यिनै विषयको सेरोफेरोमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसँग हामीले कुराकानी गरेका