भक्तपुरमा सगुन पूजाको रौनक (फोटो फिचर)

भक्तपुर : बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा द्यो स्वगं पुजा (सगुन पूजा) धुमधामका साथ मनाइएको छ। शनिबार बिहानैदेखि स्थानीयहरू समूहसमूहमा परम्परागत बाजाहरू धिमे बाजा, बाँसुरी बाजाका साथ भजन खलःहरूले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी विभिन्न देवीदेवताहरुलाई द्यो स्वंग (सगुन) दिएका छन्।पूजामा स्थानीय परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर सहभागी भएका थिए। सबै देवीदेवतालाई आ-आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो।पूजाका क्रममा सहभा