गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आएको गैँडाको आक्रमणमा परी ज्यान गुमाएका देवचुलीका जङ्गीलाल मुखियाको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।   राष्ट्रिय प्रकृति संरक्षण कोष र मध्यवर्तीको टोलीले मुखियाको परिवारलाई घरमै पुगेर राहत स्वस्वरुप रु ५० हजारको चेक प्रदान गरेको हो ।      राष्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर ऋषि सुवेदी र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले संयुक्त रुपमा राहत रकम प्रदान गर्नुभएको हो । राहत प्रदान गर्दै रेन्जर ...