इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गरेको हो । लिभरपुलका लागि ४३ औँ मिनेटमा साडिओ मानेले गोल गरे । उनले लिभरपुलका लागि सबै प्रतिस्पर्धामा गरेर १०० गोल गरेका छन् । यस्तै ७८ औँ मिनेटमा मोहम्मद सालह तथा […]