राफायल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा

राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा इटालीयन खेलाडी मातेओ बेरितिनीलाई पराजित गरेर स्पेनिस नाडालले फाइनलमा स्थान पक्का गरेका हुन् । नाडाल २१ औँ ग्राण्डसलाम उपाधिबाट मात्रै एक जित पर छन्। सातौँ बरियताका बेरितिनीलाई नाडालले ६–३, ६–२, ३–६ र ६–३ सेटमा पराजित गरेका हुन्। ३५ वर्षका नाडालले अहिलेसम्म २० ग्राण्डसलाम […]

सम्बन्धित सामग्री

राफायल नाडाल विम्वल्डन टेनिसको अन्तिम आठमा

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्वल्डन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा गएराति भएको खेलमा नेदरल्यान्डका बोटिक भान डीलाई हराउँदै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् । दोस्रो वरीयताका नाडालले बोटिकलाई ६–४, ६–२ र ७–६ को सेटमा हराए । नाडालको यो ३ सय ९औँ ग्रान्डस्लाम जित हो। कीर्तिमानी २२औँ पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्वल्डनको उपाधि जितेका छन् । अब नाडालले अमेरिकाका टेलर फ्रिट्जसँग खेल्नेछन् ।

राफायल नाडाल तेस्रो चरणमा

काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । घाँसे कोर्टमा हुने वर्षको एकमात्र ग्राण्डस्लाम विम्बल्डनको दोस्रो चरणमा लिथुआनियाका रिकार्डास बेरान्किसलाई ३–१ को सेटमा हराउँदै नाडाल तेस्रो चरणमा उक्लेका हुन् । बेरान्किस विरुद्धको खेल नाडालले ६–४, ६–४, ४–६ र ६–३ को सेटमा जिते । करियरमा सर्वाधिक २२ ग्राण्डस्लामको उपाधि जितेका […]

नाडाल र जोकोभिच चौंथो चरणमा

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल र विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् । नाडालले नेदरल्यान्ड्सका बोटिच भान डी जन्ड्सचुल्पलाई तथा जोकोभिचले स्लोभानियाका अल्जाज बेडेनेलाई हराउँदै चौंथो चरणमा स्थान प्रवेश गरेका हुन् । पेरिसमा शुक्रबार राति कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले बोटिचलाई ६–३, ६–२ र ६–४ ले […]

कार्लोस गार्फियालाई पराजित गर्दै नाडाल फाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् । आइतबार बिहान भएको सेमिफाइनलमा आफ्नै देशका कार्लोस गार्फियालाई ६–४, ४–६ र ६–३ ले पराजित गर्दै नाडाल फाइनलमा प्रवेश गरेका हुन् । अब नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जसँग प्रतिस्पर्धा गर्ने छन् ।

नाडाल इन्डियन वेल्स टेनिसको सेमिफाइनलमा

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा अष्ट्रेलियाका निक क्रिगोसलाई ७–६(७–०), ५–७ र ६–४ ले पराजित गर्दै विश्व नम्बर ४ नाडाल सेमिफाइनलमा प्रवेश गरेका हुन् । नाडालले सेमिफाइनलमा आफ्नो देशका कार्लोस अल्काराज र ग्रेट ब्रिटेनका क्यामरुन नोरीबीचको क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

राफायल नाडालका २१ ग्राण्डसलाम उपाधि, कहिले कुन उपाधि जिते?

राफायल नाडाल सर्वाधिक ग्राण्डसलाम उपाधि जित्ने पुरुष खेलाडी बनेका छन् । अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका स्पेनिस नाडालको कुल ग्राण्डसलाम संख्या २१ पुगेको छ । उनले आइतबार भएको फाइनलमा सुरुका दुई सेटमा पछि परेर पनि शानदार पुनरागमन गर्दै रुसी डानिल मेडभेडेभलाई पराजित गरेका हुन् । नाडालले मेडभेडेभलाई २–६, ६–७ (५–७), ६–४, ६–४ र ७–५ को […]

नाडालले अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा मेडभेडेभसँग प्रतिस्पर्धा गर्दै

अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार राफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ । ३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन् । उनले अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेररले जस्तै २० वटा ग्राण्डसलाम उपाधि जितेका छन् । नाडालले आइतबार दोस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । युएस ओपन टेनिस […]

अस्ट्रेलियन ओपन टेनिस : राफायल नाडाल अन्तिम १६ मा

स्पेनिस राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेको छ। कीर्तिमान भंग गर्ने २१ औँ ग्राण्डसलाम उपाधिको होडमा रहेका नाडालले करेन खाचानोभलाई पराजित गरेका हुन् । सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका तथा पाँचपटकका फाइनलिस्ट नाडालले २८ औँ बरियताका रुसी खेलाडी खानाचोभलाई ६–३, ६–२, ३–६ र ६–१ ले पराजित गरेका हुन् । छैठौँ बरियताका […]

राफायल नाडाल अमेरिकाको सिटी ओपन टेनिसबाट बाहिरिए

एजेन्सी । दक्षिण अफ्रीकाका लोयड ह्यारिससँग पराजित हुँदै स्पेनिस टेनिस स्टार राफायल नाडाल अमेरिकाको सिटी ओपन टेनिसबाट बाहिरिएका छन्।

राफायल नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा

भदौ १४ – विश्व नम्बर १ राफायल नाडाल युएस ओपन टेनिसको देस्रो चरण पुगेका छन् । पुरुष एकल तर्फ स्पेनी खेलाडी नाडालले पहिलो चरणमा सर्वियाका दु...