हालको निर्वाचन प्रणाली खर्चिलो र धेरै कमीकमजोरी रहेको भन्दै एक अध्ययनले परिमार्जन गर्न सुझाव दिएको छ । निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधारका लागि निर्वाचन आयोगको आवश्यकतामा आधारित भएर नेपाल ल क्याम्पस र नीति अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययनले हालको निर्वाचन प्रणाली खर्चिलो र यसमा धेरै कमीकमजोरी रहेको भन्दै निर्वाचन प्रणालीको प्रभावकारिता, निर्वाचन व्यवस्थापन र सञ्चालनलाई स्वतन्त्र, निष्पक्ष र प्रभावकारी तथा मितव्ययी बनाउन सुधारको आवश्यकता रहेको औंल्याएको हो ।