काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत परापूर्वकालदेखि एकअर्काको सुख दु:खको साथी भएको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा संयुक्त रुपमा गरेको पत्रकार सम्मेलमा बोल्दै उनले भने, ‘नेपाल र भारतको मित्रता, हाम्रा जनताको आपसी सम्बन्ध, यस्तो उदाहरण विश्वमा कतै देखिँदैन। हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो आदानप्रदानका सूत्रहरू प्राचीन कालदेखि नै जोडिएका छन्।’प्रधानमन्त्री देउवाको भारत भ्रमणले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ ग