कोरोनाले थलिएको पर्यटन क्षेत्र तंग्रिन थालेको छ । कोरोना महामारीका बेला सुनसान पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल वढेको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर, गोरखा संग्रहालय, गोरखा दरबार, मनास्लु क्षेत्रमा भदौयता आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।