विश्व सम्पदामा सुचीकृत हनुमानढोका दरवार परिसरमा शुक्रवार अपराह्न भ्रमण गर्दै पर्यटक । उक्त क्षेत्रमा शुक्रवार अपराह्न युरोपियन पर्यटकको भीड लागेको छ । अक्टोबर महीनामा नेपालमा सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
म्याग्दी : वसन्त ऋतुको मौसम। छर्लङ्गै खुलेको आकाश। उत्तरतर्फका सेताम्ये हिमाल। जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस। लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक। म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलको यो दृश्यले यहाँ पुग्नेको मात्र होइन त्यो दृश्यको भिडियो तथा तस्वीर हेर्नेकोसमेत मन रोमाञ्चक बनाउँछ।चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडि हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ। समुन्द्री सतहबाट तीन हजा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा पर्ने नारच्याङ झरना । कुमारी झरनाको रुपमा परिचित यो झरना अवलोकनका लागि पछिल्लो समय मुस्ताङ जाने र फर्किने पर्यटकको भीड लाग्ने गर्छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस
मुस्ताङको लोमान्थाङ दरबार परिसरमा तिजी पर्व अवलोकनका लागि आएका विदेशी र स्वदेशी पर्यटकको भीड । लोमान्थाङबासीले महत्वका साथ मनाउने शुक्रवारदेखि शुरु भएको तिजी पर्व अवलोकन गर्न उल्लेख्य मात्रामा पर्यटक आएका छन् । तस्वीर : रासस
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्माबलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नमोबुद्ध गुम्बा क्षेत्र । आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको भीड लाग्ने नमोबुद्धको मुख्य चैत्य क्षेत्र खुला भएपछि यस वरपरको व्यापार व्यवसाय पनि बढ्न थालेको छ । तस्वीर : रासस
वीरगञ्ज नाकास्थित भन्सार कार्यालयको यात्रु शाखामा शनिवार बिहान नेपाल प्रवेश गर्ने भारतीय पर्यटकको भीड । उनीहरु नयाँ वर्ष २०२२ मनाउन हेटौंडा, चितवन, पोखरा, काठमाडौंलगायतका स्थानमा जान लागेका हुन् । बितेको छ दिनमा यात्रु शाखाबाट ३ हजार ८१० ओटा भारतीय सवारी साधन भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । यो नाका भएर दैनिक सयौं भारतीय पर्यटक नेपाल प्रवेश गर्दछन् । तस्वीर : ओमप्रकाश खनाल/ आर्थिक अभियान
भक्तपुर जिल्लाको पर्यटकीस्थल नगरकोट भ्यूटावरमा आन्तरिक पर्यटकको भीड । यहाँ विशेष गरी पर्यटकहरु सूर्योदय, सूर्यास्त र हिमाल हेर्न आउने गर्दछन् ।तस्वीर : रासस