बिहीबार बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति बैठकले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको यथाशिघ्र व्यवस्थापनका लागि पहल गर्न तथा स्थानीय तह लगायतमा बालबालिका मैत्री क्वारेन्टाइन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतलाई निर्देशन दिएको छ । ।