वीरमा ल्याइयो क्यान्सर उपचारमा उपयोगी टोमोथेरापी मेसिन

१३ भदौ, काठमाडौं । वीर अस्पतालले क्यान्सर रोगीको उपचारका लागि आवश्यक टोमोथेरापी मेसिन ल्याएको छ । टोमोथेरापी विकिरणको माध्यमबाट क्यान्सर रोगको उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरण हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले सोमबार राति आइपुगेको मेसिन जडान अगाडि बढाइएको बताए । उनका अनुसार अबको एक महिनाभित्रै टेमोथेरापीबाट उपचार सञ्चालन हुनेछ । […]