पहिरोका कारण अवरुद्ध रहेका नवलपुरको पहाडी क्षेत्रका मुख्य सडकमा मङ्गलबारदेखि पहिरो हटाइँदै छ । हुप्सेकोट गाउँपालिकाको समन्वयमा सरोकारवालाको संयुक्त टोलीले अनुगमन गरी पहिरो पन्छाउन सुरु भएको हो ।
वर्षात्ले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो ।
गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । गोरखामा बुधबारदेखि निरन्तर रूपमा परेको अविरल वर्षाका कारण गण्डकी गाउँपालिका–५ दर्बुङस्थित लक्ष्मिचोकमा गएको ठुलो पहिरोले सडक अवरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको हो ।
वर्षाका कारण पहिरो जाँदा हुम्लाको मध्य भेगका ग्रामिण सडक जताततै अवरुद्ध भएको छ।
खार्पुनाथ गाउँपालिका– १ को मुस्याडीदेखि छारेसम्म विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भई नागरिकलाई आवतजावतमा समस्या भएको छ।...
दाङ – दाङका धेरैजसो ग्रामीण सडक भत्किँदा स्थानीयवासी समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र भूक्षयका कारण दाङका धेरैजसो सडक बिग्रँदा गाउँबाट सदरमुकाम जान र सदरमुकामबाट गाउँ फर्किन समस्या हुने गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १९ सैघालाई चारैतिरबाट जोड्ने विभिन्न कच्ची सडकमा क्षति पुगेकोले आवतजावतमा समस्या भएको वडा नम्बर १९ का पूर्वअध्यक्ष हर्क घर्तीले जानकारी दिनुभयो । यसैगरी बङ्गलाचुली, राजपुर र बबई गाउँपालिकाका ग्रामीण क्षेत्रका सडक पनि वर्षापछि आएको बाढी र पहिरोले बिगार्द...
सिन्धुली । सिन्धुलीको खुर्कोट घुर्मी सडक खण्डस्थित गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा सधै बग्ने सुख्खा पहिरोले आवतजावतमा समस्या भएको छ । दैनिक जसो झरिरहने पहिरोले सिन्धुलीको पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुुलगायत जिल्लाका यात्रुहरुले समस्या झेल्दै आएका छन् । सडक विभागको इस्काभेटर र लोडर प्रयोग गरेर पहिरो हटाउने […]
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका म
काठमाण्डाै – पहिरोले बन्द भएको महाकाली राजमार्ग खुलेको छ । बैतडीकाे सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने ठाउँमा पहिरो खसेपछि सडक बन्द भएको थियो । शुक्रवार बिहान नौ बजेदेखि ठप्प राजमार्गकाे पहिरो पन्छाएर दिउँसोदेखि खुलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव अधिकारीले जानकारी दिनुभयो ।
केही दिनअघि परेको लगातारको वर्षाका कारण पहिरो खसेको थियो । राजमार्ग बन्द हुँदा गाडी आवतजावतमा समस्या हुँदा यात्रु अलपत्र परेका थिए । बन्द राजमार्ग खुलेसँगै गाडीकाे आवतजा...