स्तन र पाठेघरको क्यान्सर पहिचान गर्न सबै वडामा ‘स्क्रिनिङ’ शिविर चलाउँदै फलेवास नगरपालिका

पर्वत : महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित हुनेहरूको सङ्ख्या बढ्दै गएको चिकित्सकहरूले बताइरहेको बेला जिल्लाको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्ने भएको छ। नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान गर्नका लागि फरक फरक मितिमा अस्थायी ‘स्क्रिनिङ’ शिविरको आयोजना गरिएको हो।नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रुद्र शर्मा सापकोटाका अनुसार लक्षित कार्यक्रम अन्तर्गत रहेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। पाठेघरको मुख र स्तनम