हिमालमा पर्यटकको भीड, पदमार्ग सुनसान

८१४७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण तथा फन्को मार्न आएका पर्यटकले बेसक्याम्प भरिभराउ छ । हिमाल जाने पदमार्गका होटल, रेस्टुराँ तथा होमस्टे भने सुनसान छन् । अन्नपूर्ण हिमाल पदमार्गको समस्या पनि उस्तै छ । अहिले सयौं पर्यटक पुगेका छन् । कतारी राजकुमारीसहित दर्जनौं पर्वतारोही अन्नपूर्ण आरोहण गरी फर्के । तर कुनै पनि पर्यटक स्थानीय अन्नपूर्ण गाउँपालिकाले प्रवर्द्धन गरेको मोरिस हर्जोग पदमार्गमा पैदल हिँडेनन् ।