मनकामना बस दुर्घटना (अपडेट) : मृतकको पहिचान खुल्यो

काठमाडौं । पूर्वी पाल्पाको हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि दर्शनार्थीहरु बोकेर आईरहेको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर २ को मथार भन्ने स्थानमा आईपुग्दा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ४१ […]