भारत भ्रमणमा रहेका प्रधानमन्त्री भेटवार्तामा व्यस्त

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँदिल्ली आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् । प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उनीहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गरेका थिए । काँग्रेस र भारतीय जनता पार

सम्बन्धित सामग्री

बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।  भ्रमणका क्रममा दुई नेतृबीच द्धिपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरुले दुई देशका जनताको हितमा सम्बन्धलाई अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा दुवै नेताले विश्वास व्यक्त गरेका थिए । मंगलबार नै प्रधानमन्त्री हसिनाले उ

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा ४ मन्त्री सहभागी हुने

१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द् मोदीसँग भेटवार्ता […]

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय […]

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित शुक्रबार भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणासहित भारत जाने भएका हुन्। भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग शनिबार भेटवार्ता गर्ने […]

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको जानकारी दिएको हो।...

प्रधानमन्त्री देउवा अर्को हप्ता भारत भ्रमणमा जाने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनु भएको छ । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवा पहिलो औपचारिक भ्रमणमा भारत जान लाग्नु भएको हो । उहाँ आउँदो १८ गते भारत जाने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा तीन  दिने औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण भएको एक हप्ताभित्रै देउवा भारत जान लाग्नु भएको हो । यसअघि देउवाको भारत भ्रमण रद्द भएको थियो । गएको पुसमा भाइब्रेन्ट गुजरात स...

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाने भएका छन्। पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जाने भएका हुन्। यही चैतभित्र प्रधानमन्त्रीको औपचारिक भ्रमण हुने प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्री भ्रमणमा जाने निश्चित भएको छ। तर मिति तय भइसकेको छैन। मितिका बारेमा छलफल भइरहेको छ।’ यसअिघ भाइब्रेन्ट गुजरात […]

इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने

एएनआई, ८ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेट आगामी महिना भारत भ्रमणमा आउने भएको छ । उनी आगामी अप्रिल ३ देखि भ्रमणमा आउनु हुने निश्चित भएको अधिकारीहरुले मङ्गलवार जानकारी दिएका छन् । गत बर्ष प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका हुन् । भारत र इजरायलका बीचमा कुटनीतिक सम्वन्ध स्थापना भएको ३० […]

जापानी प्रधानमन्त्री फुमियो किशिदा भारत भ्रमणमा

जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी संकटको बीचमा आफ्नो पहिलो भारत भ्रमणमा  आज नयाँ दिल्ली पुग्नेछन्। आफ्नो दुई दिने भारत बसाइका क्रममा १४ औं भारत-जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलन पछिल्लो पटक टोकियोमा सन् २०१८ को अक्टोबरमा भएको थियो। सो अवसरमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।पश्चिमी देशहरूले युक्रेनमा आफ्नो सैन्य कारबाहीका लागि रुसमाथि प्रतिबन्ध लगाएका बेला प्रमुख तेल उपभोग गर्ने देशहरूले यसमाथि नजिकबाट नजर राखिरहेका बे

प्रधानमन्त्री देउवा आइतवार भारत भ्रमणमा जाँदै

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतवार भारत भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिषद्को आज बुधवार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ । पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’ मा भाग लिन भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा कुराकानी हुने बताइएकाे...