नेकपा एमालेका पूर्व उपाध्यक्ष अशोक राई अहिले जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता हुन् । मिडिया एवं सार्वजनिक कार्यक्रमहरूमा बाक्लै नदेखिने उनी मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा अतिथि वक्ताका रूपमा निम्त्याइएका थिए ।पहिचानवादी आन्दोलन किन अगाडि बढ्न सकेन भन्ने विषयमा आदिवासी जनजाति महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जसपाका वरिष्ठ नेता एवं पूर्वएमाले उपाध्यक्ष राईले आफ्नो विचार प्रस्तुत गरे ।अशोक राईको विचार सुन्नुभन्दा पहिले राजनीतिक विश्लेषक कृष्ण हाथेछुले अशोक राई