बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु थापा निर्वाचित

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिकामा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । कांग्रेसका राजु थापा सात हजार ७५० मत ल्याएर निर्वाचित हुँदा नेकपा (एमाले)का डिलबहादुर कार्की छ हजार ७५० मत ल्याएर पराजित भए । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा छ हजार ७१२ ल्याएर निर्वाचित भए । उनकी प्रतिस्पर्धी एमालेकी कोपिला...