प्रचण्डलाई निर्वाचन आयोगको स्पष्टीकरण: एक लाख जरिवाना किन नगर्ने? आचारसंहिता उल्लंघनकर्ताको सूचीमा किन नराख्ने?

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ। आयोगको बिहीबार बसेको बैठकले मौन अवधिमा चितवनमा विभिन्न व्यक्तिहरुसँग मत मागेको भन्दै स्पष्टीकरण सोधेको निर्वाचन आयोगका एक आयुक्तले जानकारी दिए। 'गठबन्धनका उम्मेदवार र कार्यकर्तासहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेको र भरतपुर महानगरिालिकामा उम्मेदवार रहनुभएका…