राष्ट्रसंघका महासचिवलाई द्वन्द्वपीडितको ध्यानाकर्षण पत्र

द्वन्द्वपीडितहरूले नेपाल सरकारले आफूहरूलाई न्यायबाट वञ्चित गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिवको ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमार्फत महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्र पठाएर द्वन्द्वपीडितहरूले आफूहरूका माग सम्बोधन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराइदिन आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितको भावना समेट्न द्वन्द्वपीडितको माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित संघले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितकेन्द्रित भावनालाई समेट्न माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउँदै संघले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्दा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्षरूपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई महत्व दिन आग्रह गरेको […]