कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएको बताएका छन्। आज दोधारा चाँदनी नगरपालिका–२ मा आयोजित आमसभामा बोल्दै उनले नेपालमा शक्ति राष्ट्रहरूको चलखेल बढेको र त्यसको असर सारा नेपालीले भोग्नुपर्ने अवस्था आउन थालेको बताए।‘अर्थतन्त्र डामाडोल छ’, उनले भने, ‘बैंकमा पैसा छैन। भ्रष्टाचार बढ्दै गएको छ।’ पार्टी अध्यक्ष लिङ्देनले भ्रष्टाचारका प्रकरणमा शासनसत्तामा भएका दलहरू मुछिएको चर्चा गर्दै ललिता निवास, वा