नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बर्दिया ठाकुरबाबा नगरपालिका- ३ का ६५ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा गएराति मृत्यु भएको हो। माघ २२ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएको भोलिपल्टै राति १० बजे उनकाे मृत्यु भएको छ। […]