काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको पुस २६ गते बसेको सचालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट भने कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साथै कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने र चैत मसान्तभित्र सम्पन्न गर्ने गरी तीन महीनाका लागि समय अवधि थप गर्न अनुरोध गरेको छ ।