काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताएका हुन्। उनले बजेटले उपयुक्त प्राथमिकता, गती र दृष्टिकोण समातेको बताए। उनले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गरे। &lsqu