कैलालीको भजनी लालबोझीका शेरबहादुर चौधरी कुनै बेला १० बिघामा तोरी लगाउँथे । उनको १८/२० क्विन्टल तोरी फल्थ्यो । अहिले उनी एक बिघाजतिमा मात्रै तोरी लगाउँछन् । त्यसबाट दुई क्विन्टल जति फल्छ । उहिले उनी तोरी बेच्थे । अहिले आफ्ना लागि मात्रै लगाउने गरेका छन् ।