इङ्ग्ल्याण्ड इटलीसँग पराजित, हंगेरीले जर्मनीलाई हरायो

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न 'सी' को खेलमा इटलीले इङ्ग्ल्याण्डलाई हराएको छ। इटलीको मिलानस्थित सन सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इटलीलाई इङग्ल्याण्डलाई १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६८ औं मिनेटमा इटलीका लागि जिआकोमो रसपडोरीले निर्णायक गोल गरे। त्यस्तै गएराति नै सम्पन्न…

सम्बन्धित सामग्री

कतार विश्वकप: समुह ए र बि बाट नकआउट चरण पुग्ने ४ टोलीको टुंगो लाग्यो

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरे । आयोजक कतार र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् । कतारको अलबायत रङ्गशालामा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी बन्यो । खेलको २६औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै सुरुआती अग्रता लिए । खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ४८औँ मिनेटमा नेदरल्यान्ड्सका फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित दिलाए । यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अङ्क जोड्यो । यसैगरी कतारको खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलअन्तरले पराजित ग¥यो । सेनेगल जारी विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ ।  खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो ।  इस्माएला सारले खेलको ४४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई १–० को अवस्थामा पु¥याए । पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो । त्यस्तै खेलको दोस्रो हाफको ६८औँ मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा पु¥याए ।  तर खेलको ७०औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । सेनेगलले तीन खेलमा दुई जितसहित छ अङ्क जोड्यो । यता इक्वेडर चार अङ्कसहित तेस्रो तथा कतार अङ्कबिहिन बन्दै चौथो स्थानमा रह्यो ।त्यस्तै समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ५२औँ मिनेटमा फोडेनले गोल गर्दै इङ्ग्ल्याण्डलाई २–० को अवस्थामा पु¥याए । खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३–० को सहज जित दिलाए । जितसँगै इङ्ग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ । वेल्स भने एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।त्यसैगरी कतारको अलथुमामा रङ्गशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ । इरान तीन अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

वेल्समाथि सहज जित निकाल्दै इङ्ग्ल्याण्ड नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका …

बराबरीमा रोकिए इङ्ग्ल्याण्ड र जर्मनी, इटलीले हंगरीलाई हरायो

यूईएफए नेशन्स कप अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिएका छन्। जर्मनीस्थित एलेनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली इङ्ग्ल्याण्डसँग १-१ को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा जर्मनीले अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा जोनस होफमनले जोसुवा किममिचको पासमा गोल…

यूरो कपमा कुन क्लबबाट धेरै खेलाडी बाँकी रहेका छन् ?

यूरो कपमा सहभागी २४ टोलीमध्ये अब मात्र चार टोली बाँकी रहेका छन् । सेमिफाइनलमा डेनमार्क, इङ्ग्ल्याण्ड, इटाली र स्पेन भिड्दैछन् ।प्रतियोगितामा थुप्रै बलिया टोलीहरु चाँडै नै बिदा भए । साबिक विजेता पोर्चुगल र विश्व विजेता फ्रान्सलाई बेल्जियम र स्वीटजरल्याण्डले अन्तिम १६ मा हरायो भने नेदरल्याण्ड पनि चेक रिपब्लिकसँग पराजित भयो । योसँगै ...