रामायण सर्किटले दुई देशको सम्बन्ध मजबुत बनाउँछ : पर्यटनमन्त्री

१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई स्थलमार्गबाट जोड्ने रामायण सर्किटले नेपाल–भारतको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । रामायण सर्किटले नेपाल र भारतमा धार्मिक पर्यटनको प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरेका हुन् । […]