प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय व्यापारीलाई नेपालमा लगानीको लागी आग्रह गरेको छन् । मित्रराष्ट्र भारतको तीन दिने राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक स“स्थाहरूले नया“ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यवसायिक फोरम बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तनपछि बलियो सरकार बनेको जानकारी दिदै निर्धक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् ।