साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो ।सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेको छ । सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता शेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर