च्लन चल्तीको मूल्यमा जग्गा खरिद गर्ने भन्दै स्थानीयलाई ‘कन्भिन्स’ गरेको उपमहानगरले सुरुमा थोरै जग्गा बिक्रीको प्रस्ताव गर्यो। स्थानीयहरु मञ्जुर भए। ‘हामीलाई रंगशाला बनाउनका लागि जग्गा चाहियोदिनुस् भनेर नगरबाट भन्न आउनु भयो,’ एक स्थानीयले भने ‘सुरुमा त मैले उब्जनी गर्दै आएको जग्गा बिक्री गर्दैन भनेँ, तर खेलकुद रंगशाला निर्माणका लागि राम्रै त होला भनेर पछि अढाई कठ्ठा जग्गा बिक्री गर्न म राजी भएँ।’