ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका राजदूतले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।  ब्राजिलका आवासीय राजदूत कार्लोस अल्बेर्टो माइकलसेन डेन हर्टोग, इटालीका गैरआवासीय राजदूत भिन्सेन्जो डी लुका, माल्टाका रियुबेन गुसी र दक्षिण अफ्रिकाका गैरआवासीय जोइल सिबुसिसो एनडेबेलेले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।  सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतको उपस्थिति थियो ।