‘कृषि र पर्यटन विकासका आधार’

महाकाली अञ्चलको पुरानो सदरमुकाम बैतडीको पाटन नगरपालिकाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा जिल्लाकै सुगम मानिन्छ । यहाँ विमानस्थल, भीमदत्त प्राविधिक शिक्षालय र पाटन बहुमुखी क्याम्पसलगायतका संस्था रहेका छन् । मध्यपहाडी लोकमार्गसमेत पाटन नगरपालिका भएरै अघि बढेको छ । यो नगरपालिकामा १० वटा वडा रहेका छन् । पाटन नेपाल सरकारको नमुना सहरका रूपमा विकास गर्ने योजनामा समावेश छ । नयाँ सहरमा एक लाख मानिसको बसोबास गर्ने लक्ष्य राखिएको छ । २०७१ सालमा स्थापना भएको नगरपालिकामा छ हजार ४४२ परिवार रहेका छन् । यहाँको साक्षरता दर ८०.५३ रहेको छ । कृषितर्फ धान, गहुँ, मकै, कोदो, भटमासलगायतका दलहन बाली उत्पादन हुने गरेका छन् । प्रस्तुत छ : स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट पालिका प्रमुखमा निर्वाचित नगर प्रुमख गौरीसिंह रावलसँग गोरखापत्र बैतडी समाचारदाता गोकर्ण दयालले गर्नुभएको कुराकानी :