एमाले एकता बचाउने कसरत जारी, वार्ता सकारात्मक रहेको दावी

सत्तारुढ दल नेकपा (एमाले) को एकता बचाउने दोस्रो पुस्ताका नेताहरुको प्रयास जारी छ । वार्ता सकारात्मक दिशामा उन्मुख रहेकाले चाँडै केही परिणाम आउने विश्वास पनि वार्तामा सहभागी नेताहरुको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत आइतबार अपरान्ह ६ बुँदे प्रस्तावसहित एकताको आव्हान गर्नुभएको थियो । त्यसको अर्को दिन नेता माधवकुमार नेपालले आफ्नो पक्षका नेताहरुसँग आवश्यक परामर्श गरी सोमबार अपरान्ह छ बुँदे प्रस्तावमै अध्यक्ष ओलीको आव्हानबारे टिप्पणी र खण्डन गर्नुभयो ।