मधेसमा शीतलहर सुरु, बाक्लो कुहिरोले जनजीवन कष्टकर

जनकपुरधाम । धनुषा, सिरहा, महोत्तरीसहित मधेसका जिल्लाहरुमा शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । मानिसहरु घर बाहिर निस्कनै कठिन भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेको छ । बजारमा मानिसको चहलपहल पनि कम छ । कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउनसमेत कठिन भएको छ । बाक्लो कुहिरो र शीतलहरले नजिकै देख्न पनि समस्या हुन थालेको छ […]