पर्सागढी र बहुदरमाई नगरपालिकामा कार्यपालिका निर्वाचन सम्पन्न

वीरगञ्ज – पर्सागढी र बहुदरमाई नगरपालिका गरी दुई नगरपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ। दुवै नगरपालिकामा बिहीबार ८–८ जना कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको हो। निर्वाचन मत परिणामअनुसार पर्सागढी नगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका ६ जना, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका एक जना उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्य निर्वाचनका लागि ४७ जना मतदाता थिए। […]