पूर्वस्वीकृतिबिना नै टर्की पठाउन अन्तर्वार्ता र ट्रायल लिइरहेको मास्टर जब म्यानपावरमा विभागको छापा
वैदेशिक रोजगार विभागले मास्टर जब प्रालि नामको म्यानपावरमा छापा मारेको छ । विभागले मागपत्र र पूर्वस्वीकृतिबिना नै नेपाली श्रमिकहरूलाई टर्की पठाउन अन्तर्वार्ता र ट्रायल लिइरहेको भन्ने सूचनाका आधारमा सोमबार छापा मारेको हो ।
काठमाडौं : वैदेशिक रोजगार विभागले मागपत्र र पूर्व स्वीकृतविना नेपाली कामदार पठाउन खोज्ने म्यानपावर कम्पनीमा छापा मारेको छ। सोमबार टर्कीका विभिन्न कम्पनीमा ड्राइभरका लागि पठाउने भन्दै अन्तर्वार्ता भइरहेको अवस्थामा छापा मारेको विभागले जनाएको छ।कामदारलाई अन्तर्वार्ता र ट्रायल गराई विदेश पठाउन लागेको सूचनाको आधारमा छापा मारिएको थियो। टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा विभागले छापा मारेको हो।छापा मारेर महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागका सूचना अधिकारी कुष्