आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा पुरुषको तुलनामा महिला मतदाता सङ्ख्या बढी रहेको छ । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देशबाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ ।जिल्लामा एक सय ७७ मतदान केन्द्रबाट एक लाख ४५ हजार चार सय ७१ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार प्रदेशसभा १ मा ६८ हजार एक सय ६४ र प्रदेशसभा २ मा ७७ हजार तीन सय सात ४७१ मतदाता छन् ।जिल्ला निर्वाचन का