सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस क्षेत्रकै गौरवको योजना सेती लोकमार्ग अन्तर्गत चैनपुर–ताक्लाकोट सडकखण्डको निर्माणको काम सुस्त गतिमा रहेको भेटिएको छ । सदरमुकाम चैनपुरबाट उत्तरीखण्डमा निर्माण भइरहेको यो सडक छिटोछरितो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको माग रहँदै आए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलाइ भएको हो ।