सारंगी जोगाउन देश दौडाह अभियान

धनकुटा  : गन्धर्व जातिको सारंगी बजाउने पुर्ख्यौली पेशा विस्तारै लोप हुँदै गएको छ। सबैलाई मोहित बनाउने सारंगीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन पछिल्लो समय हराउँदै गएको हो।गन्धर्व जातिको बस्ती नभएको भए पनि धनकुटामा भोजपुरबाट गन्धर्व आएर घरघर गाउँदै हिँड्ने चलन रहेको थियो। खासगरी सारंगीप्रति युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत सारंगी बजाउने पेशा संकटमा परेको हो।पहिले–पहिले दशैँको नवदुर्गा शुरु भएसँगै मालश्री गाउन रातमा गाउँबस्तीमा जाने चल