चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव छलफल नहुँदै सरकारले गर्‍यो संसद अधिवेशन अन्त्यको सिफारिस

काठमाडौं : मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आज रातिदेखि नै लागू हुने गरी सरकारले राष्ट्रपति समक्ष संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो। प्रतिनिधिसभाको बैठक भोलि चैत २ गतेका लागि बोलाइएको थियो। भोलिदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्तावबारे सदनमा छलफल हुने बताइएको थियो।…