एक वर्षमा ७१ करोड बढीको टुथपेस्ट र ५ करोड रुपैयाँ बढीको नेल पोलिस आयात

काठमाडौं, २२ साउन। दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ। सिन्दुर,टुथपेस्ट,नेल पोलिस आयातमा ठूलो धनराशि विदेशिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ५करोड २७लाख रुपैयाँ बढीको ‘नेल पोलिस’मात्र आयात भएको छ। त्यस्तै पछिल्लो एक वर्षमा १करोड साढे ५लाख रुपैयाँ बढीको सिन्दुर, ७१करोड साढे ३२लाख रुपैयाँ बढीको टुथपेस्ट(मञ्जन) आयात भएको छ।