कोलम्बो- श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले मुलुक अति खराब आर्थिक सङ्कटबाट ‘बिस्तारै’ बाहिर आइरहेको बताएका छन् । आइतबार स्वतन्त्रता दिवसका अवसरमा गरिएको सम्बोधनमा राष्ट्रपति विक्रमासिङ्घेले विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको मुलुकको आर्थिक सङ्कट बिस्तारै सुधार आइरहेको बताएका हुन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को जमानत नियमनसम्बन्धी मितव्ययितापछि मुलुकको […]