परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन खुल्याे

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा आवेदन खुलेको छ। बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गरी १५ दिन भित्रमा आवेदन दिन सकिने जानकारी गराएको हाे।मन्त्रालयका अनुसार आवेदन मंसिर ९ गतेसम्म सिफारिस समितिको सचिवालय र शिक्षा मन्त्रालयको कार्यालयमा दरखास्त दिन सकिने छ। कुनै पनि राजनीतिक दलमा सदस्य नभएको व्यक्तिले मात्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौँ, ९ पुस। राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा बोर्डको अध्यक्षमा शर्मा नियुक्त गरेको जानकारी गराएका हुन् । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । जसमध्ये […]

परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौ– राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि बोर्ड अध्यक्षविहीन भएको थियो । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँचजनाको नाम सर्ट लिस्ट गरिएको थियो । सर्ट […]

परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिनेको सर्टलिस्ट जारी, कोको अटाए ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएकामध्ये पाँच जनाको नाम सर्ट लिस्ट गरिएको छ । अध्यक्षका लागि आवेदन दिएका १५ जनाबाट सर्टलिस्ट गरिएको लोकसेवा आयोगले एक सूचना जारी गर्दै जानकारी गराएको हो । सर्ट लिस्टमा पर्नेमा हल्दिवारी गाउँपालिका-१ झापाका प्रा.डा. घनश्याम भट्टराई, बुढानीलकण्ठ नगरपालिका-९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा.डा. महानन्द […]

परीक्षा बोर्ड अध्यक्षका लागि १५ जनाको आवेदन

राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्ष पदका लागि १५ जनाले दरखास्त दिनुभएको छ । अध्यक्ष सिफारिस समितिले सूचना आह्वान गरेपछि उहाँहरुले दरखास्त दिनुभएको हो ।

परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन

काठमाडौं, मङ्सिर १२ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा दाबी गर्दै १५ जनाले दरखास्त दिएका छन् । बोर्डको अध्यक्ष सिफारिस समितिले कात्तिक २५ गते दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने अन्तिम म्याद बिहीबारसम्म थियो । अध्यक्षका लागि शिक्षा तथा परीक्षाको क्षेत्रमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन […]