मकवानपुरकाे राक्सिसाङ गाउँपालिका १ का वडाध्यक्षलाई प्रहरीले अभद्र व्यवहारकाे मुद्दा चलायाे

मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिका १ का वडाध्यक्ष कान्छाराम रुम्बाले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले मुद्दा चलाएको छ । गाँजा नष्ट गरेर फर्किएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।  मकवानपुर प्रहरीले शनिबार राति राक्सिराङ गाउँपालिका १ गाल्छाराङकाे बारीमा लुकाएर राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक (असई) शिवराज गुरुङ...