धानबाली भित्र्याउँदै काठमाडौं उपत्यकाका किसान [तस्वीरहरू]

काठमाडौं । काठमाडौं उपत्यकाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । वर्षायाममा रोपेको धानबाली समयमा पाकेसँगै काठमाडौं, ललितपुर र भक्तपुरका किसानलाई तिहारअघि नै बाली भित्र्याउने चटारो परेको हो ।  काठमाडौंको टोखाका विभिन्न क्षेत्रहरूमा किसानले धानबाली काटिसकेका छन् । त्यस क्षेत्रका चौर र बाटाहरूमा किसानहरू धान सुकाउन, निफन्न, बत्याउन व्यस्त देखिन्छन् । यस्तो दृश्य भक्तपुरमा पनि देखिन्छ । हेर्नुहोस् तस्वीरहरू तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

सम्बन्धित सामग्री

कालीमार्सी धान भित्र्याउँदै किसान

काठमाडौँ,१४ कार्तिक । जुम्लाको तिला गाउँपालिका–४ का स्थानीयवासी झारेको कालीमार्सी धान बताउँदै । किसानलाई अहिले धानबाली भित्र्याउन चटारो परेको छ । तस्बिरः शुरबहादुर सिंह/रासस

चैते धान भित्र्याउनेसँगै बर्खे धान रोप्ने तयारीमा कैलालीका किसान

जेठ २८, कैलाली । कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागनु, चैत महीनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत जुटेका छन् ।  फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरेका किसान घरघरमा धान भित्र्याउनमा व्यस्त छन् । अधिकांश किसानलाई चैते धानबाली भित्र्याई बर्खे धान बाली लगाउनु पर्ने, भजनीका केही क्षेत्रमा डुबानको समस्या हुने भएकाले किसानलाई अहिले धान भित्र्याउन हतार भएको हो ।  भजनी नगरपालिका–८ सुनाफाँटाका किसान कृष्णलाल धमलाले यस वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेका छन् । उनले लगाएको धान अहिले पाकेर सुन झैँ पहेंलो देखिएको छ । ‘पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन भ्याइनभ्याइ छ । अर्कोतर्फ कतै वर्षा हुन्छ कि भन्ने डर त्यत्तिकै छ । तयारी भएको धान वर्षात्अघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्नमा व्यस्त छौँ’, धमलाले भने, ‘खेतमा पानी पसिसकेको छ ।’  अर्का किसान इन्द्र धमलालाई पनि धान समयमै भित्र्याउने उत्तिकै हतार छ । उनले १० कठ्ठा जमीनमा चैते धान रोपेका छन् । चैते धान तयारी अवस्थामा रहेको र मौसममा प्रतिकूलता देखिएकाले धानको रोपाईँभन्दा धान भित्र्याउनमा हतार भइरहेको उनको भनाइ छ । ‘यतिखेर हामी चैते धान भित्र्याउन थालेका छौँ । धान काटेपछि खेतमै सुकाएर संकलन गर्न सम्भव छैन’, धमालाले भने, ‘हरियो धान खेतमै काटेर थ्रेसिङ गरेर घर भित्र्याउने र पछि धान सुकाएर राख्ने गरेका छौँ । यसरी वर्षात्को पानीले धान जोगाउने गरेका छौँ ।’ उनीहरु जस्तै चैते धान खेती गरेका यहाँका धेरै किसानलाई अहिले घरमा धान भित्र्याउन हतार छ । चैते धान बर्खे धान खेतीभन्दा राम्रो उत्पादन हुने किसानको भनाइ छ । चैते धान उत्पादन बढी हुने भए पनि धान भित्र्याउन वर्षात्को समयमा हुने भएकाले किसानलाई समस्या हुने गरेको छ ।  छिट्टै रोपाइँ गरेका किसानहरु अहिले धमाधम धान भित्र्याइ रहेको भए पनि केही ढिला भएका किसानको धान पाकिरहेको छ । ढिलो गरी धान रोपेका किसानले असार अन्त्यसम्म धान भित्र्याउने गर्दछन् । ‘भजनीमा अधिकांश किसानले चैते धान खेती गर्छन् । जसको कम डुबान हुन्छ उनीहरु बर्खे धान पनि रोप्छन्’, किसान राधेश्याम चौधरी भन्छन्, ‘जमीन धेरै डुवानमा पर्ने किसानले बर्खे धान खेती गर्न सक्दैनन् । उनीहरुको अन्न भनेकै चैतमा रोपेको धान हो ।’  यहाँका किसानले खेतको धान काटेर सडकमा बोक्ने र सोही दिन सडकमै धान थेसिङ गर्ने गरेर घर भित्र्याउने गर्दछन् । यहाँका किसानलाई मनसुन शुरु हुने समय नजिकिएपछि झन् हतार भएको छ । भजनीमा करीब ४०० बिघा क्षेत्रफलमा यसवर्ष चैते धानखेती गरिएको नगरपालिकाको कृषि शाखाको तथ्यांकमा छ । भजनी नगरपालिका, प्रदेश सरकारले समेत किसानलाई चैते धान खेतीमा प्रोत्साहनका लागि सहयोग र अनुदान दिने गरेका छन् । ‘किसानलाई खेतीमा आत्मनिर्भर बनाउन, वापर टिल, मल, बीउ जस्ता कार्यमा अनुदान र सहयोग भइरहेको छ’, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भने, ‘बर्खे धान खेतीभन्दा चैते धान खेती यहाँका किसानको रोजाइ बनेको छ ।’ कैलालीको भजनी बाढी प्रभावित क्षेत्र हो । यहाँ बर्सेनि बाढी र डुवानको समस्या हुन्छ । बाढी र डुवान हुने भएकाले यहाँका अधिकांश किसानले वर्षात्मा खेती गर्दैनन् ।  बाढी र डुवानका कारण भजनीमा सयौँ बिघा जमीन बगर समेत बनेको छ । बगर बनेको जमीनमा यहाँका किसानले गर्मी मौसममा विभिन्न बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । रासस