शिक्षकको राजनीति मोह, धमाधम राजीनामा दिँदै

काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै छ। अब चुनाव आउन ५१ दिन मात्र बाँकी छ। आगामी वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको निर्वाचन हुँदै छ। निर्वाचन नजिकिँदै गर्दा यतिखेर राजनीतिक पार्टीका नेताहरू गाउँ–गाउँमा पस्न थालेका छन् भोटका लागि।यता, सामुदायिक विद्यालयका शिक्षकसमेत धमाधम राजीनामा दिँदै छन् राजनीतिमा उत्रनकै लागि। राष्ट्रिय शिक्षक किताबखानाका कामु उपमहानिर्देशक रामराज खकुरेलका अनुसार साउनदेखि फागुनसम्म नै १ हजार ३ सय ३९ जना शिक्षकले राजीनामा दिएका छन्।यी सबै शिक्षकले से