‘अकबरे खुर्सानी’ खेतीबाट वर्षमा १० लाख आम्दानी

पाल्पा : बारीभरि हराभरा खुर्सानीका बोट। बोटमा फलेका हरिया र राता फल। हेर्दा निकै आनन्द लाग्ने बगैँचाजस्तो। त्यही बगैँचामा रमाइरहेका छन्, रिब्दीकोट गाउँपालिका–२ भुटुकाका दीपक पाण्डे।उमेरले ४८ वर्ष पुगे। जोस जाँगर भने भर्खरका युवाको जस्तै देखिन्छ। घर अगाडि ठूलो बारी छ। त्यो बारीभरि खुर्सानीका बोट छन्। बिहान उठेदेखि बेलुकीसम्म तिनै खुर्सानीका बोटको स्याहार गर्न व्यस्त भइरहन्छन् उनी।‘कृषि काम गर्न दुःख छ तर काम गरेको फल राम्रैसँग प्राप्त भएपछि थाकेको शरीरमा उमंग पैदा हुँदो