सन् २०२१ जनवरीदेखि जुनसम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । सन् २०२० को सोही समयमा भएका घटनाभन्दा अहिले कम भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार यस छ महिनामा महिला बलात्कारका घटना छ, बालिका बलात्कारका १३, महिला बलात्कार प्रयास दुई र बालिका बलात्कार प्रयास तीनवटा घटना भएका छन् । यस्तै बाल यौन दुरुपयोगका घटना १०, बालिका बेचबिखन एउटा, बहुविवाह तीन तथा बालविवाह एउटा भएका छन् । आत्महत्या दुरुपयोगको एउटा, बालिका अपहरण एउटा र हत्या एउटा भएको इन्सेकले आज