अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । भारत भ्रमणको दोस्रो दिन शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने उपायबारे दुवै पक्षबीच कुराकानी भएको थियो […]